Mero Chitwan
मन्त्रिपरिषद् हेरफेरको तयारी : को–को छन् प्रधानमन्त्रीको 'ब्ल्याक लिस्ट' मा ?

काठमाडौं–मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने अन्तिम तयारीमा लागेका छन् । पटक–पटक कार्यसम्पादन सुधार गर्न निर्देशन दिएका दाहालले माघ ११ को राष्ट्रिय सभा चुनावपछि पनि मन्त्रीहरुले कार्यसम्पादन सुधार नगरे हेरफेरको तयारी गरेका हुन् । 

प्रधानमन्त्रीको ब्ल्याक लिस्टमा माओवादीका ४, कांग्रेसका ४, समाजवादीका २ र जसपाका २ जना मन्त्री रहेको बताइएको छ ।यद्यपि गठबन्धनको मु्ख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरु परिवर्तनका लागि दाहाललाई सहमति जनाइएसकेका छैनन् । कांग्रेसभित्रै भने मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब छ । 

माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, नारायणकाजी श्रेष्ठ, रेखा शर्मा र सु्दन किराती फिर्ता हुनेछन् । उनीहरुको ठाउँमा वर्षमान पुनः देवेन्द्र पौडेल, माधव सापकोटा, हितबहादुर तामाङ र पूर्णबहादुर घर्ती भित्रने सम्भावना छ । 

यस्तै, कांग्रेसबाट प्रकाशशरण महत, रमेश रिजाल, मोहनबहादुर बस्नेत र धनराज गुरुङलाई फिर्ता हुनेछन् । उनीहरुको ठाउँमा गगन थापा, रमेश लेखक र प्रदीप पौडल मन्त्री बन्ने सम्भावना रहेको कांग्रेसकै नेताहरुले बताएका छन्। एकीकृत समाजावादीबाट मन्त्री बनेका प्रकाश ज्वाला र वेदुराम भुसाललाई फिर्ता गरेर राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ र मेटमणि चौधरीमध्ये २ जनालाई पठाउने तयारी छ। जसपाबाट मन्त्री बनेका अशोककुमार राई र वीरेन्द्र महतोलाई फिर्ता गराउन अध्यक्ष उपेन्द्र यादव सहमत भइसकेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update