बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]
![बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]](https://www.merochitwan.com/uploads/posts/durga-prasain-1705577895.jpg)
काठमाडौं– बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ। ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो।
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। उनले किन आक्रमण गरे भन्ने खुलिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रसाइँमाथि किन आक्रमण भयो भन्ने खुलिनसकेको र अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० १७:२४
प्रतिक्रिया दिनुहोस्