Mero Chitwan
अयोध्याको राममन्दिर प्राणप्रतिष्ठा विवादमा, किन बहिस्कार गरिरहेका छन् शंकराचार्यहरुले ?

काठमाडौं–भारतको अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा प्राण प्रतिष्ठाका लागि अब केही दिनमात्र बाँकी छ । नरेन्द्र मोदी सरकारले यसका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको छ, जसका लागि जोडतोडले काम भइरहेका छन् ।

तर, प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर भारतीय राजनीति र धार्मिक समुदाय विभाजित भएको छ । कार्यक्रमको भारतको चारैवटा मठका शंकराचार्यहरुले बहिस्कार गरेका छन् । उत्तराखण्डस्थित ज्योतिर्मठका शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले शिखर र ध्वजा विना मन्दिरमा प्राणप्रतिष्ठा गरिए मूर्तिमा रामको साटो आसुरी शक्ति आउने चेतावनी दिएका छन् । 

त्यसको साटो रामसँग सम्बन्धित अन्य कार्यक्रम हुन सक्ने उनरुको भनाइ छ । यसका साथै प्राणप्रतिष्ठाका गर्ने यजमान पत्नीसहित सहभागी हुनुपर्ने धार्मिक विधि रहेको उनले बताएका छन् । मोदी विवाहित भए पनि पत्नीसँग बस्दैनन् । मन्दिर निर्माण नभए पनि यसै वर्ष हुने आमचुनावको राजनीतिक स्वार्थमा मोदीले हतारहतार प्राणप्रतिष्ठाको कार्यक्रम राखेका हुन् । प्राणप्रतिष्ठामा सहभागी हुन मोदीले पठाएको निम्ता पनि विपक्षीले बहिस्कार गरेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update