Mero Chitwan
भरतपुरको  सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महसुस  हुने गरी विकास भएको बताएकी छन् । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुरको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुरमा सडक पूर्वाधारमात्र नभई सबै क्षेत्रमा समानुतिक हिसाबले विकास भएको बताइन् । 

‘हामीले बोलेका कुरा पुरा गरेका हौ‌ं,' उनले भनिन्,‘हामीले भनिरहनु पर्दैन, भरतपुरबासीले विकास भयो भनेर आफैं भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको उनको भनाइ छ । 

प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठूलो उपलब्धि  भएको धाराणा पनि राखिन् । 

419923783_7974364175913218_6101559958558642666_n-1705499647.jpg

नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालय समावेश हुनुले यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्य  गरेको बताए । महानगरको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको उनको भनाइ छ । 

कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update