Mero Chitwan
चितवनमा २ जनामा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

चितवन- देशका विभिन्न भागमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि संक्रमण देखिएको छ ।  आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको हो ।  

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको छ ।  २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको अस्पतालको भनाइ छ । 

 जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो । 

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update