चितवनमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
चितवन-पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फर्टिलाइजर कम्पनीको हाताभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १५:३९
प्रतिक्रिया दिनुहोस्