Mero Chitwan
अपडेट :  त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्

चितवन–काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला नपारेको हो । 

उक्त गाडी सिंगल क्याबिनको बोलेरो भएको बताइएको छ । दुर्घटनास्थलमा गाडीको बीआर ०९ जीसी १४३० नम्बर प्लेट फेला परेको थियो । 

नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update