त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
चितवन–काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको भारतीय गाडी आज बिहान त्रिशुलीमा खसेको छ ।
नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।
तर गाडीमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० ०७:२५
प्रतिक्रिया दिनुहोस्