कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तय भएको छ । वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्