
काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको मे१च ३०११ नम्बरको जीपमा करेन्ट प्रवाह हुँदा चार यात्रुको मृत्यु भएको छ । सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलमा लत्रिएको तारबाट जीपमा करेन्ट प्रवाह हुँदा थप दुई जना घाइते समेत भएका ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजान होलिकोप्टर बोलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।
रावलका अनुसार दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका मृतकहरूको शव नचिनिने अवस्थामा रहेको र हालसम्म मृतकको पहिचान नखुलेको रावलले जानकारी दिनुभएको छ ।