अभिनेत्री नीति शाहले गरिन् विवाह

काठमाडौं-नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको हो । लगत्तै विवाहको प्रमाणपत्र दिइएको छ । नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ की विजेता नीति चलचित्र ‘खजुरे ब्रो’बाट कलिउडमा प्रवेश गरेकी थिइन् । यो फिल्मले व्यावसायिक रूपमा सफलता प्राप्त नगरेपनि उनको भने चर्चा भएको थियो । गत दशैंमा उनी अभिनित चलचित्र ‘ज्वाइँ साप’ प्रदर्शन भएको थियो । उक्त चलचित्र व्यावसायिक रूपमा सफल नै भएको थियो । नीति अभिनित अर्को चलचित्र ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्