दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा३ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरूमा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिला रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यस्तै दुर्घटनामा १० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शी बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ २१:२४
प्रतिक्रिया दिनुहोस्