प्रधानमन्त्रीले गरे भरतपुरको ६ लेन सडकको उद्घाटन

चितवन —प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर दूरीको ६ लेन सडकको उद्घाटन गरेका छन् ।
२०७७ माघ १७ गते ओलीले नै शिलान्यास गरेको सडकको आज पनि ओलीले नै उद्घाटन गरेका हुन् । शिलान्यास गर्दा २७ महिनाभित्रै सक्ने भनिए पनि २० महिना ढिला भई ४७ महिनामा काम सकिएको हो ।
कोरोना महामारीलगायत समस्याले ४७ महिना समय लागेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्