Mero Chitwan
शिक्षक महासंघले आन्दोलन नरोक्ने

काठमाडौं– नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो । सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाए पनि सभामुख देवराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको जनाएको हो ।

शिक्षक कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भने पनि सरकारले सर्त राखेकाले सहमत हुन नसकेको महासंघको भनाइ छ । 

आन्दोलन छोडे मात्र मन्त्रिपरिषद्बाट निर्णय गराउने सर्त मन्त्रालयले राखेको गुनासो शिक्षकहरूको छ । शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेको १६ दिन बित्यो तर सहमति हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update