Mero Chitwan
उच्चस्तरीय संयन्त्रको बैठक : सत्ता समीकरणमा कुनै समस्या नभएको निष्कर्ष

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसकाबीच कुनै समस्या नभएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सत्तारुढ दलबीच कुनै समस्या नभएको बताएका हुन् । 

बैठकमा पछिल्लो समयको राजनीतिक विषय र सरकारका कार्य सम्बन्धमा छलफल भएको थियो । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । 

त्यस्तै, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी थिए । यद्यपि बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी भएनन् ।  थापाले सरकारका कामलाई लिएर पछिल्लो समय आलोचना गर्दै आएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update