Mero Chitwan
पटिहानीमा रैथाने बजारको शुभारम्भ

चितवन  : चितवनको भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय पटिहानीमा मंगलबारदेखि रैथाने बजारको शुरु भएको छ ।

मंगलबार एक समारोहबीच भरतपुर महानगरका प्रमुख रेनु दाहालले हरेक शुक्रबार सञ्चालनमा आउने गरी सुरु भएको रैथाने बजारको उद्घाटन गरेकी हुन् । “स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं” भन्ने नारासहित वडा नम्बर २२ परिसर, धनौजीमा बजार सञ्चालन हुनेछ।

शुभारम्भ कार्यक्रममा वडा कार्यालयको प्रसंशा गर्दै मेयर दाहालले रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुले आन्तरिक जीबिकोपार्जनमा टेवा पुर्‍याउने बताइन् । उनले वडाध्यक्ष बिष्णुराज महतोको प्रयासको हरेक वडाले अनुसरण गर्नुपर्ने बताइन् । उक्त कार्यक्रममा समग्र होटलहरुको तर्फबाट कसरा रिसोर्टका जनरल म्यानेजर सन्तोष कुवर, चितवन उधोग बाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, बागमती प्रदेशका निवर्तमान सांसद रामलाल महतो लगायतले रैथाने बजार, रैथाने परिकार र भरतपुरको पर्यटनको बिषयमा चर्चा गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update