Mero Chitwan
घट्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।


लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update