अयोध्याको राममन्दिरमा १८ वटा सुनका ढोका

एजेन्सी–भारतको अयोध्यामा उद्घाटनको तयारीमा रहेको राममन्दिरमा १८ वटा सुनको ढोका बनाइने भएका छन् ।
राममन्दिरमा कूल ४६ वटा ढोका रहेकोमा १८ वटा सुनका रहने राममन्दिर ट्रष्टले जनाएको छ, जसका लागि १ सय किलोग्राम सुन लाग्ने जनाइएको छ । हाल गर्भगृहको माथिल्लो तलामा सुनको ढोका राख्ने काम भइसकेको छ भने प्राणप्रतिष्ठा गरिने २२ जनवरीभन्दा अघि नै सबै ढोका तयार गरिने छ ।
राममन्दिरको ढोकाका लागि महाराष्ट्रको सागवानबाट काठ ल्याइएको छ भने हैदरावादका कालीगढहरुले ढोका निर्माणको काम गरिरहेका छन् । तिनमा सुनको जलप लगाउने काम दिल्लीमा भइरहेको छ ।
मन्दिरका ढोकामा विष्णु कमल, वैभवको प्रतिक हात्ती, प्रणाम स्वागत मुद्रामा देवीको चित्र अंकित गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्