दुई समूहबीच झडप भएपछि वीरगन्जमा कर्फ्यु

चितवन। हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ । आज दिउँसो झडप हुँदा वीरगन्ज तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु जारी गरेको हो
भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो । हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समूहबीच झडप भएको थियो । झडपपछि वीरगन्जमा अत्यधिक संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसअघि वीरगन्जस्थित महावीर मन्दिरबाट निकालिएको शोभा यात्रा वीरगन्ज परिक्रमा गर्ने क्रममा छपकैया चोक पुग्दा झडप भएको हो । छपकैया पुगेपछि दुई फरक फरक समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ २०:२४
प्रतिक्रिया दिनुहोस्