चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

चितवन । चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्रकिशोर दास थारूलाई आफ्नै हतियारबाट बिहान साढे ९ बजे गोली लागेको थियो ।
थारूको उपचारका क्रममा आज दिउँसो ४ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । दाहिने तिघ्रामा गोली लागेका थारूको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको केसीले जानकारी दिए ।
उनका अनुसार बिहान गस्ती गरेर फर्किएका थारूले हतियार मिलाउने क्रममा असावधानी अपनाउँदा तिघ्रामा गोली लागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्