
चितवन : भरतपुरमा आजदेखि मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल सुरु भएको छ । एक्स्पोको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर चैत २९ गतेदेखि बैशाख २ गतेसम्म मेड इन नेपाल एक्स्पो तथा फुड फेष्टिबल आयोजना गरेको हो ।
कार्यक्रममा सम्बोधन गर्दै मेयर दाहालले निजी क्षेत्रको लगानीलाई बढाउन सरकार थप जिम्मेवार बन्नुपर्ने बताएकी छन् । स्थानीय स्रोत साधनलाई परिचालन गर्दै स्वदेशी बस्तुको उपयोग र प्रयोगलाई बढाउनुपर्नेमा उनले जोड दिइन् । बढ्दो आर्थिक संकटका कारण युवापुस्ता पलायन भएको स्मरण गर्दै उनले युवाहरुको सीप र क्षमतालाई महानगरले कदर गरेको दाबी गरिन् ।
१०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक उमेश श्रेष्ठले जानकारी दिए । सांगीतिक कन्सर्ट हेर्नका लागि टिकट आवश्यक हुनेछ, जुन खल्ती एपमार्फत अग्रिम बिक्रीमा रु. ३०० मा उपलब्ध हुनेछ भने कार्यक्रम स्थलमा काउन्टरबाट टिकट किन्नुपरेमा रु. ५०० लाग्नेछ। एक्स्पोमा प्रवेश शुल्क लाग्ने छैन ।