
अछाम -अछामको जयगढ बजारमा आज साँझ भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारस्थित एक पसलमा ग्यास सिलिण्डरबाट आगो सल्किँदा भीषण रुप लिएको बताइएको छ ।
जयगढको पुरानो बजारका धेरै घर जलेर नष्ट भएको र आगलागी अझै नियन्त्रणमा नआइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । बजारको मुख्य केन्द्रमा आगो फैलिएकाले स्थानीयमा बढी त्रास पैदा भएको छ । ‘मंगलसेन नगरपालिकाको दमकल आगलागी भएको ठाउँमा आइपुगे पनि आगो झन् धेरै फैलिँदा नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ ।
बेलुका ७ बजेतिर सल्किएको आगो नियन्त्रण नभइसकेको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताएका छन् । बजारभित्रका करिब ८ घर पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए । आक्रोशित युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको परिवारमाथि आक्रमण गरेका छन् ।