भैरहवा कारागारको ‘ब्लक नम्बर ४’ मा एक्लै राखियो रविलाई

चितवन-जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । “हामीकहाँ ४ वटा ब्लक छन् । त्योमध्ये ब्लक नम्बर ४ मा राखिएको छ”, कारागार प्रशासक भण्डारीले भने ।
लामिछानेलाई हाल एक्लै राखिएको छ । पछि कैदीबन्दीको संख्या थप भएमा अरूलाई पनि रविसँगै राखिने भण्डारीले बताएका छन् । भण्डारीका अनुसार लामिछानेको स्वास्थ्य अवस्था जाँच गरेर कारागारभित्र पठाइएको हो । लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ २२:३०
प्रतिक्रिया दिनुहोस्