Mero Chitwan
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल, उत्तरपुस्तिका परीक्षण नगर्न शिक्षक संगठनहरुको आह्वान

काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघले भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडताल घोषणा गरेको छ । 

शिक्षक महासंघमा आबद्ध विभिन्न १५ वटा शिक्षक संगठनले संयु्क्त अपिल जारी गर्दै देशभरका विद्यालय बन्द  गरी अनिवार्य रुपमा काठमाडौं आउन शिक्षक कर्मचारीलाई आह्वान गरेका छन् । यसका साथै आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनलगायतका कार्य नगर्न पनि संगठनहरुले आह्वान गरेका छन् । 

teacher1-1743959399.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update