वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं- वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार आज साँझ पौने ८ बजेतिर उहाँको निधन भएको हो ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ २२:१७
प्रतिक्रिया दिनुहोस्