Mero Chitwan
रवि लामिछाने निवासबाटै पक्राउ, भोलि भैरहवा लगिने

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । उनलाई प्रहरीले भोलिमात्रै भैरहवा लाने तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ । 

 काठमाडौं प्रहरी परिसरबाट प्रहरी घरमा पुगेपछि उनले सामाजिक संजाल फेसबुकमा लेख्दै आफूले गिरफ्तारी दिन लागेको बताएका थिए।  'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,' लामिछानेले लेखेका छन् ।

आफूमाथि अन्याय भएको पनि लामिछानेले लेखेका छन् । 'ममाथि ठूलो अन्याय भएको छ,' लामिछानेले भनेका छन् । उनले पार्टीको शनिबार आयोजना हुन लागेको चितवनको कार्यक्रम नरोक्न पनि आग्रह गरेका छन् ।

rabi-1743784130.JPG
 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update