जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ —जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ ।
राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंकआसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी आइसकेको छैन । भूकम्पको धक्का डोल्पालगायत जिल्लामा पनि महसुस गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ २०:४६
प्रतिक्रिया दिनुहोस्