Mero Chitwan
तीनकुने घटना नियोजित र आपराधिक उद्धेश्यले गराइयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखक काठमाडौंको तीनकुने घटना नियोजित र अपराधिक उद्देश्यले गराइएको बताएका छन् । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लेखकले तीनकुनेमा राजावादी समूहले नियोजित र अपराधिका उद्देश्यले आगजनी, तोडफोड र आक्रमण गरेको दाबी गरेका हुन् ।

 भवनभित्र मान्छे छ भन्ने थाहा हुँदाहुँदै आगो लगाइएको मन्त्री लेखकको भनाई छ । उनले तीनकुने घटनामा प्रहरीले संयमता नपनाएको भए थप दुर्घटना हुन सक्ने समेत बताए । राजावादी समूहले सरकारका कारण आगो लगाइयो र प्रर्दशनअघि नै प्रहरीले बल प्रयोग गर्यो भनि गरेको प्रचार अनगल भएको गृहमन्त्री लेखकको भनाइ छ ।

आक्रमणकारीहरूको निशाना संचारगृह परेकाले खोजि-खोजि आक्रमण गरेको भन्दै संचारगृह र संचारकर्मिहरूको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको पनि गृहमन्त्री लेखकको भनाइ छ ।

राज्यव्यवस्था समितिले तीनकुने घटनालाई लिएर जानकारी दिन गृहमन्त्रीलाई बोलाएको हो । तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो । घटनामा संलग्न ५९ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update