
काठमाडौं– आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ।
देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।
काठमाडौं उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुनका लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जनाएको छ ।
विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन । उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले बताए ।
मधेस २, काठमाडौंका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको केसीले बताए ।