Mero Chitwan
‘युएसएआईडी’ का ८३ प्रतिशत  कार्यक्रम रद्द गर्ने अमेरिकी विदेशमन्त्रीको घोषणा

वासिङ्टन-अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गर्ने बताएका छन् । 

छ हप्ताको समीक्षापछि आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्न लागेको रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका हुन् । 

'अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अरबौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्‍याएको) थियो,' उनले भनेका छन् । 

युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update