Mero Chitwan
मार्क कार्नी क्यानडको नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी-क्यानडाका पूर्व केन्द्रीय बैंकर मार्क कार्नी क्यानडाको सत्तारुढ दल लिबरल पार्टीको नेता बनेका छन् । ५९ वर्षीय कार्नी अब जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै क्यानडाको नयाँ प्रधानमन्त्री बन्नेछन् । 

एक लाख ५२ हजार पार्टी सदस्यको मतमध्ये ८६ प्रतिशत प्राप्त गर्दै कार्नीले पूर्व अर्थमन्त्री क्रिस्टिना फ्रील्यान्डलाई पराजित गरेका हुन् । 

विजयी भएसँगै कार्नीले कसैले आफूहरुको अर्थन्त्रलाई कमजोर बनाउन चाहिरहेको आरोप लगाए । उनले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई इंगित गर्दै क्यानेडाली नागरिक र व्यवसायलाई आक्रमण गरेको आरोप लगाए। 

ट्रुडोले गत जनवरीमा पार्टीको नेताबाट राजनीमाको घोषणा गरेका थिए । हालै, अमेरिकाले क्यानडामाथि २५ प्रतिशत आयात कर लगाएको घोषणा गरेको थियो । तर, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एक महिनासम्मका लागि कर छुट दिने आदेशमा हस्ताक्षर गरेका छन् । प्रत्युत्तरमा क्यानडाले अमेरिकामाथि ३० अर्ब क्यानाडियन डलरको प्रतिकारात्मक कर लगाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update