Mero Chitwan
चारदेशीय टी–२० सिरिज : युगान्डामाथि नेपाल एक विकेटले विजयी

काठमाडौं– अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार नवौं हारपछि नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ । 

युगान्डामा शनिबारदेखि सुरु भएको चारदेशीय टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डामाथि एक विकेटको जित निकालेको हो । 

शनिबार नामिबियासँग पराजित नेपालले आज युगान्डामाथि अन्तिम ओभरको पाँचौं बलमा जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गर्दै युगान्डाले दिएको ७५ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालका लागि सना प्रवीनले सर्वाधिक १७ रन बनाउँदा पूजा महतोले १६ रन बनाइन् । यस्तै रुबिना क्षेत्रले १० रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गत वर्षको जुलाई १९ मा यूएईलाई श्रीलंकामा ६ विकेटले पराजित गरेयता नेपाल निरन्तर पराजित हुँदै आएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update