ताइवानमा स्वतन्त्रता पक्षधर विलियम लाइ राष्ट्रपति निर्वाचित
एजेन्सी–ताइवानको नयाँ राष्ट्रपतिमा स्वतन्त्रतासमर्थक विलियम लाइ विजयी भएका छन्।
शनिबार भएको निर्वाचनमा लाइ चीन समर्थक कुमिन्ताङ पार्टीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। उनले ४० प्रतिशत मत ल्याएका छन्। चीनले मत नहाल्न दिएको दबाबका बाबजूद लाइ विजयी भएका हुन्।
उनले राष्ट्रपतिका उम्मेदवारले हालसम्म पाएको मतको रेकर्ड तोड्दै ५० लाख मत कटाएका छन् । ताइवानमा आजै १ सय १७ सिटका लागि संसदीय निर्वाचनसमेत भएको थियो।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० २२:४१
प्रतिक्रिया दिनुहोस्