Mero Chitwan
नेपालमा राजतन्त्र पुनर्बहालीको प्रदर्शनप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो

काठमाडौं–नेपालमा राप्रपासहित विभिन्न संस्थाहरुले राजतन्त्र पुनर्बहालीको माग गर्दै गरिरहेको आन्दोलनप्रति अन्तर्राष्ट्रियस्तरमै चासो बढेको छ । 

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजतन्त्र पुनर्बहालीबारे भइरहेको प्रदर्शनप्रति चासो रख्दै समाचार प्रकाशन गरेका हुन्। बीबीसी हिन्दीले आज एक टिप्पणीमूलक समाचार प्रकाशन गर्दै ‘नेपालमा पछिल्लो समय विभिन्न खालका सत्ता हलचलबाट गुज्रिरहेको’ उल्लेख गरेको छ । समाचारमा पूर्वराजा ज्ञानेन्द्रलाई गलेश्वर धाम र बागलुङ कालिका मन्दरमा ठूलौ संख्यामा मानिसहरुले स्वागत गरेको र राजा आउ देश बचाउजस्ता नारा लगाएको उल्लेख  छ ।

nepal-monarchy-1741408678.jpg
 

यस्तै, नारायणहिटीअगाडि भएको प्रदर्शन, पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक अनावारणलगायतका घटना पनि बीबीसीले उल्लेख गरेको छ । बीबीसीले राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि सोधको छ, जसमा उनले नेपालको वर्तमान व्यवस्थाप्रति मानिसहरुको मोहभंग भएको उल्लेख गरेका छन्। 

nepal-moarchy2-1741408696.jpg

यस्तै, भारतको इन्डियन एक्सप्रेस तथा डब्लुआइओएन समाचार च्यानलले पनि नेपालमा भइरहेका राजतन्त्र पक्षधरको प्रदर्शनप्रति समाचारप्रकाशन, प्रसारण गरेका छन्। 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update