Mero Chitwan
किन उत्रिए शिक्षकहरु पुन: सडक आन्दोलनमा ?

काठमाडौं –२०८० मा सरकारसँग भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर शिक्षकहरु पुन आन्दोलनमा उत्रिएका छन् । 

शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन्। काठमाडौ उपत्यका सहित देशभरबाट शिक्षक प्रतिनिधि आन्दोलनका लागि आउने महासंघले जनाएको छ ।  चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले आज १२ बजे माइतीघरमा भेला भएर आन्दोलन गर्ने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर  सुवेदीले  तत्कालीन ऐन, नियमअनुसार नियुक्त कुनै पनि पेसाकर्मीले निरन्तर पाइआएको सुविधामा नकारात्मक असर पर्ने गरी पछि कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुने भएकाले अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरिएको जानकारी दिए।

गत २९ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको सुशासन, प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ मा ‘शिक्षक सेवा’ थप गर्ने भनिएको छ। यो प्रावधानले २०७५ देखि नै शिक्षक योगदानमा आधारित पेन्सनमा सहभागी हुन बाध्य हुने शिक्षकहरूको तर्क छ। तर, सरकारले अध्यादेश आएको मितिबाट लागू हुने बताए पनि यसमा शिक्षकहरूले मानेका छैनन्।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update