Mero Chitwan
पोखरामा कोटीहोम भूमिपूजनमा झडप हुँदा १३ जना घाइते

चितवन–पोखराको लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा झडप हुँदा १३ जना घाइते भएका छन् । कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबीच बिहान साढे १० बजेतिर झडप भएको हो ।

झडपमा पाँच नगर प्रहरी र आठ जना कोटिहोम पक्षका गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये १० जनाको मेट्रोसिटी हस्पिटल र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
बाराही घाट पुगेका नगर प्रहरीले भूमिपूजन रोक्न भनेपछि आयोजक पक्षका युवाहरुले आक्रमण गरेको बताइएको छ । 

पोखरा महानगरले कोटिहोम रोक्न उच्च अदालत पोखरामा फागुन १२ गते भ्याकेट निवेदन दर्ता गराएको थियो । गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरितको भएको दाबीसहित महानगरको रिटमा उच्चले अन्तरिम आदेश दिन नपर्ने ठहरसहित सबै रिटलाई अग्राधिकार दिने आदेश गरेको थियो ।

कोटीहोम गर्न लागिएको स्थान फेवातालको ६५ मिटरको मापदण्डमा पर्ने भएकाले रोकिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update