Mero Chitwan
टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका- ६ साँखु सलम्बुटारमा सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा आज बिहान पौने चार बजे बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई छिरेको हो । टिपरको ठक्करबाट आकाश, सुमन र हरिजन घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

टहरामा १० जना सुतिरहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update