Mero Chitwan
काठमाडौँ उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुटेपछि…

चितवन-जनकपुरबाट उडान भरी काठमाडौं अवतरण गरेको बुद्ध एयरको नाइनएनएएच जहाजको अगाडिको एउटा पांग्रा जनकपुरमै छुटेको घटनाबारे छानबिन सुरु गरिएको छ ।

६२ यात्रु रहेको उक्त जहाजले जनकपुरबाट काठमाडौंका लागि दिउँसो ४ बजे उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।

त्यसपछि जहाज अगाडिको पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको थियो । उक्त टायर जनकपुरमा चेक गर्दा विमानस्थलको रनवेको टर्निङमै भेटिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको र उक्त जहाजमा प्राविधिक गडबडी देखिएकोले जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिएको  बताए । घटनाबारे छानबिन सुरु गरिएको उनको भनाइ छ । 

 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update