चितवन : त्रिशूली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । माघे सङ्क्रान्तिका दिन देवघाटको बेणीसंगममा स्ननान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ ।
देवघाटमा साना सवारीसाधन पार्किङको लागि सीताराम संस्कृत माविको कम्पाउण्ड र ठूला सवारीसाधनलाई दाहसंस्कार प्रवेशद्वारअगाडि पार्किङ स्थलको व्यवस्था गरिएको बरालले जानकारी दिए । पार्किङ गर्दा साइकलको १० रुपैयाँ, मोटरसाइकलको २० रुपैयाँ, कार÷जीप÷भ्यानको ५० रुपैयाँ र ठूला सवारीसाधनको १०० रुपैयाँ शुल्क तोकिएको छ ।
नदी वारपार गर्दा डुङ्गा र र्याफ्टिङको एकतर्फी भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुई वटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई÷दुई वटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाले जानकारी दिए ।
मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालयबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुने छन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने छ । झोलुंगे पुलमा एक पटकमा सय जनालाई एकतर्फी रुपमा प्रवेश अनुमति दिइने रानाले बताए ।