Mero Chitwan
थापाथलीमा फेरि फुट्यो मेलम्ची पाइप

काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फेरि फुटेको छ । 

आज बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो परेको हो । पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।

पाइपबाट निस्किएको  पानी सडक नाघेर त्यहाँका घर र पसलहरु भित्रसमेत पुगेको छ भने सडक हिलाम्मे बनेको छ । पाइप फुटेपछि महानगरपालिकाका कमर्चारी आएर डोजरको सहयोगमा सडकको सरसफाइ र पाइप मर्मतको काम गरिरहेका छन् । 

गत माघ ३० गते पनि बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update