Mero Chitwan
नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चितवनमा देखियो

चितवन- नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको नेपाल पंक्षीविद् संघले विज्ञप्तिमार्फत् जनाएको हो । 

 चितवनको भरतपुर महानगरपालिका स्थित दिव्यनगरको खेतबारीमा चराविद् प्रताप गुरुङले झाडीफिस्टो चराको अभिलेख गरेका हुन् । चराविद् गुरुङले गत मङ्सिर २३ गते चरा अवलोकन गर्ने क्रममा दिउँसो १२ बजेर ९ मिनेटमा खैरो झाडीफिस्टो चराको अभिलेख गरेको नेपाल चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले बताए । उनका अनुसार नेपालमा नौ सय प्रजातिका चरा रेकर्ड भएको छ । 

चराविद् गुरुङले अवलोकनको क्रममा नौलो लागेपछि चराको तस्बिर खिचेर प्रारम्भिक पहिचान गरेका थिए । नौलो देखिएको चराको यकिन पुष्टयाँईका लागि गुरुङले नेपाल वर्ड रेकर्ड कमिटीमा विवरण र तस्बिर पठाएका थिए ।  प्राप्त विवरणको आधारमा अध्ययन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्हरूको राय सुझाव प्राप्त भएपछि मात्रै खैरो झाडीफिस्टो चरा भेटिएको पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।  

पाससेरफरमर वर्गको लोसुचुडे परिवारमा पर्ने यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्यान्डमा पाइन्छ ।  नेपालमा १९ औ शताब्दीको अभिलेख बाहेक अहिलेसम्म यस चराको अभिलेख नरहेकाले यस चरालाई नेपालबाट लोप भएको सूचिमा राखिएको थियो । 

jhadi-fisto-final-1741055129.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update