गोरखामा इभी माइक्रो दुर्घटना : यी हुन् मृतक र घाइते

चितवन : गोरखाको सहिद लखन गाउँपालिका ३ कान्टारमा आज विहान भएको इभी माइक्रो दुर्घटनाका मृतक र घाइतेको पहिचान भएकोछ ।
दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका २ टाँडीका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको छ । त्यस्तै चितवन खैरहनी २ टाँडीकै सुमित चौधरी, हरिकला परियार, गिता परियार, रितेश परियार, सन्ध्या परियार, रुपा परियार, सञ्चिता आले, प्रमिला राना, विमला परियार, राजु परियार, अभिषेक परियार, अनिसा परियार र अर्जुन परियार घाइते भएको प्रहरीले जनाएको छ ।
मनकामना दर्शन गरी फर्कने क्रममा उक्त इभी माइक्रो बिहान ११.२५ बजे सडक बाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १६:३४
प्रतिक्रिया दिनुहोस्