
भरतपुर : 'जनतासँग माओवादी: तराई मधेस जागरण अभियान' का लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यही फागुन २७ गते चितवन आउने भएका छन् ।
फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुरस्थित कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटाले बताए ।
भरतपुरस्थित पार्टी कार्यालयमा शनिबार आयोजना गरिएको अन्तरक्रियामा जिल्लामा रहेका वडा, पालिका, प्रदेश, केन्द्रसम्मका नेताहरु, पार्टिका विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरुलाई जिल्ला इन्चार्ज घनश्याम दाहालले आव्हान गरेका छन् ।
२०८१ फाल्गुन १२ गतेदेखि झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा अध्यक्ष दाहालले उद्घाटन गरेसँगै शुरु भएको “जनतासँग माओवादी: तराई मधेस जागरण अभियान” चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने छ