Mero Chitwan
चन्द्रपुरका १० अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

चितवन- मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल दर्ता नभएका र नियमविपरीत चलाएको पाइएपछि बन्द गर्न निर्देशन दिएका छन् ।

चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार पुगेका मुख्यमन्त्री सिंहले दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न निर्देशन दिएका हुन् । 

चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, सिम्स अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल दर्ता र मापदण्डविपरीत चलाइएको पाएकाले बन्द गर्न निर्देशन दिइएकोहो। मुख्यमन्त्री अनुगमनमा आउँदा पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रका एपोलो अस्पताल सञ्चालक सटर तानेर हिडेका थिए । 

 मुख्यमन्त्री सिंहले प्रक्रिया पुर्‍याएर मापदण्डअनुसार सञ्चालन नगरे कानुनको दायरमा ल्याउने बताए ।  बन्द गर्न भनिएका अस्पताल आइतबार बिहानदेखि खुला गरेको छ/छैन भनेर निगरानी भनिएको छ । 

 चन्द्रपुर अस्पतालबाहेक १० अस्पताल बिनास्विकृत सञ्चालन गरेको पाइएको हो । जिल्लाको चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरियालगायतका क्षेत्रमा सञ्चालनमा रहेका धेरै अस्पताल दर्ता र मापदण्डविपरीत रहेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update