Mero Chitwan
रेलमार्ग रेखांकन विवाद  : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?

चितवन : पूर्व–पश्चिम रेलमार्गको रेखांकन विवादमा भरतपुर महानगरले नयाँ विकल्प अघि सारेको छ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँग शनिबार भएको छलफलमा प्रमुख दाहालले  विकल्प अघि सारेकी हुन्। 

यसअघि भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट रेलमार्ग जाने भनिएको थियो। त्यसको साटो दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन्। 

छलफलका क्रममा चितवनका राजनैतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । उनीहरुले विकासको नाममा हुने विनाशले कुनै अर्थ नराख्ने बताए । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जनतालाई सुकुम्बासी बनाउने गरी निर्माण हुने आयोजनामा कुनै पनि सहमत हुन नसक्ने उल्लेख गरे ।

स्थानीयहरुको सुझाव संकलन एवम् छलफलका लागि महानगरपालिका प्रमुख दाहालको पहलमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशव कुमार शर्मा र रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको छलफल आयोजना गरिएको थियो ।

सबन्धित समाचार

भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update