Mero Chitwan
सर्लाहीमा सुरुङ खनेर एकैरात पाँच घरमा चोरी

चितवन-सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ। 

चोरको समूहले शुक्रबार राति सक्रौल टोलका भुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्। 

राति सुतिरहेका बेला सुरुङ खनेर चोरी भएको पीडितहरुले बताएका छन् । कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा  नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएको बताएका छन्। 

चोरको समूहले स्थानीयको घरभित्र रहेका बाकस, कपडालगायत सामग्री खेतमा लगेर फालेको पाइएको छ। यसअघि फागुन १२ गते राति पनि सक्रौल गाउँकै मेघन सहनी, रुचा दास, शङ्कर सहनीलगायतको घरमा चोरी भएको थियो।  सर्लाहीमा यसअघि माघ २९ गते बसबरिया गाउँपालिकाको धनगढा गाउँको एक घर र चार दिनअघि सदरमुकाम मलङ्गवाको जिविक चोकको एक घरमा पनि दिउँसै ताला फोडेर चोरी भएको थियो। 

प्रहरील घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ  । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update