Mero Chitwan
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प जाँदा १ घाइते, भोटेकोशीमा पहिरो गयो

काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ।

आज बिहान साढे ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

​​​यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ।

शुक्रबार  विहान २:५१ बजे भूकम्प गएको हो।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update