दसौं राष्ट्रिय खेलकुद फेरि सर्यो, नयाँ मिति जेठ ३ देखि १०

काठमाडौं-कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद अर्का वर्ष जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ २२:३५
प्रतिक्रिया दिनुहोस्