Mero Chitwan
सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ। पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र  देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update