Mero Chitwan
गड्यौली महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

राप्ती : राप्ती नगरपालिका २ गड्यौलीमा विहीबारदेखि सुरु हुने गड्यौली साँस्कृतिक तथा व्यापारी महोत्सवको तयारी पुरा भएको छ ।

गोपाल स्मृति प्रतिष्ठानको आयोजना र नारायणी फेयर एक्जिबेशन नेपालको व्यवस्थापनमा हुने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने छन् । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको र भोली महोत्सव उद्घाटनपूर्व शोभायात्रा निकाल्ने तयारी गरिएको जानकारी दिएको छ ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका राप्ती जडा नं २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले गड्यौलीलाई राष्ट्रिय रुपमा परिचित गराउन, स्थानीय उत्पादनको प्रर्बद्धन गर्न र पर्यटनको विकासको लागि महोत्सव आयोजना गरिएको बताए ।

पैसा कमाउन नभइ स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान गराउन महोत्सव आयोजना गरिएको उनले बताए । विद्यालयलाई जोडेर महोत्सवको स्थानको विषयमा असमझदारी पैदा भएको भन्दै उनले महोत्सवले विद्यालयलाई असर नगर्ने जिकीर गरे । १०० वटा स्टल रहेको सो महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी गरिने छ ।

पर्यटन विकासको लागि राप्तीको पर्यटकीय क्षेत्र परेवाकोट र सामुदायिक वनहरुमा जीप सफारीको व्यवस्था मिलाइएको छ । फागुन १८ गते सम्म सञ्चालन हुने सो महोत्सव एक लाख बढीले अबलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । आर्थिक विकाससंगै भाषा, कला, संस्कृति र पर्यटन विकासको लागि महोत्सव कोसेढुंगा सावित हुने भन्दै उनले महोत्सवमा बालउद्यान राखिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update